भारतीय रकमसहित एक जना पक्राउ

काठमाडौँ । कपिलबस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने बर्ष ३९ को मुक्ति खनाल रहेका छन् ।

खनालको साथबाट ५ लाख ५२ हजार ८ सय स्रोत नखुलेको भारतीय रुपियाँ रहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदैगरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले बातए ।

उनलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।