सुन प्रतितोला ९४ हजार ५ सय

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ । शुक्रबार छापावला सुन तोलामा ९३ हजार १ सयमा कारोबार भएको थियो । आज तोला १ हजार ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतोलामा ९४ हजारमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य तोलामा  ५० रुपयाँले बढेर १ हजार २ सय ७५ मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।