मोगादिसुृमा आत्मघाती बम विस्फोट १५ को मृत्यु

काठमाडौँ । मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ।

हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरु रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका जनाइएको छ ।

इस्लामवादी लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएका अन्य स्थानीय सञ्चार माध्यमले पनि जानकारी दिएको छ । सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीबार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सय भन्दा बढी अल–शबाब लडाकूहरुलाई मारेको जानकारी दिएको छ ।