डलर साट्ने बहानामा ठगी गर्ने २ पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा डलर साट्ने बहानामा ठगी गर्ने खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउँपालिका–६ घर भई हाल काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल रहेका छन् ।

 सोमबार वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट काठमाडौं आएका व्यक्तिलाई ठगी गर्ने  खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट पैसाको आकारमा रहेका कागजको बिटो र नेपाली १२ हजार रुपियाँ बरामद गरेको छ ।