गर्मीले युरोपमा १५ हजारको मृत्यु

काठमाडौँ । युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का क्षेत्रीय निर्देशकले बताएका छन् ।

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा १ हजार, ३ हजार २ सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै ४ हजार ५ सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन् ।

युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । 

 बितेका ५० वर्षमा युरोपमा १ लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ ।