नेतृत्वको सरकार ढलेपछि ओलीको विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी समेत गरेका छन् ।

निर्वाचको लागी विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको आरोप लगाए । उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि विद्रोह गर्नुपरेको बताए ।

उनले भन, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने बतादै उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको समेत बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको समेत गरे ।

नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताउदै उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे ।