सुनको मूल्य लगातार बढ्दै

काठमाडौँ । आज सुनको मूल्य तोलामा १ हजार ३ सयले बढेको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९६ हजार ७ सयमा किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार २ सयमा किनबेच भएको छ । । तेजाबी सुनको मूल्य बिहिबार तोलामा ९४ हजार ९ सयमा किनबेच भएको थियो ।

चाँदीको मूल्य बिहिबार भएको कारोबारको तुलनामा तोलामा १० रुपयाँले बढेर १ हजार २ सय ९५ पुगेको महासङ्घले जानकारी दिएको छ ।