नक्कली नोट सहित ६ जना पक्राउ

काठमाडौँ । नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा आदर्श कोतवाल गाउँपालिका ६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको मौलापुर नगरपालिका ८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका ६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ ।