नेपालमा छायाङ्कन भएको ऊंचाईु सहित तीन विदेशी चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि नेपाली हलमा फ्राइडे रिलिज अन्तर्गत तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएको छ ।

नेपालको स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको ऊंचाई, मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाको मुख्य अभिनय रहेको छ । यो फिल्म सुरज आर बडजात्याले निर्देशनमा बनेको हो ।

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ऊंचाईु, बलिउड फिल्म राम सेतुु र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ एकैसाथ प्रदर्शनमा आएका हुन् ।

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ुराम सेतुु मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।