काठमाडौं, १९ पुस । ज्यानमारा मुद्दा खेपिरहेका रेशम चौधरीलाई अन्ततः सभामुख कृष्ण बहादुर महराले शपथ ग्रहण गराएका छन् ।
२०७३ साल भाद्र ७ गते कैलालीको टिकापुरमा ७ जना प्रहरी र १ जना बालक सहित ८ जनाको नरसंहार गरेको मुख्य योजनाकारका रुपमा मुद्दा खेपिरहेका रेशम चौधरीलाई डिल्लीबजार काराकारबाट संसद सचिवालयका टोलीले उच्च सुरक्षाका साथ सिंहदरबार पु¥याएर शपथ ग्रहण गराएका थिए ।
कारागारमा बसेका व्यक्तिलाई पदीय हैसियतमा शपथ ग्रहण गराइएको नेपालको इतिहासमा यो पहिलो घटना हो ।
किन शपथ ग्रहण गराईयो ?
केपी शर्मा ओलीको सरकार अहिले दुई तिहाईको उन्मादमा रमाईरहेको छ । राजपा समेत समर्थन भएकाले दुई तिहाईको उन्माद भईरहेका बेला राजपाका तर्फबाट सांसद पदमा जितेको भएपनि हत्याको अभियोग लागेर जेल राखिएका रेशम चौधरीलाई सांसद पदको शपथ ग्रहण नगराउने हो भने आफूहरुको समर्थन फिर्ता लिने राजपाले बताए पछि केपी ओलीलको निर्देशनमा रेशमलाई शपथ ग्रहण गराइएको हो ।
Add Comment