उम्मेदवारहरुलाई मतदान गर्न जानेको भीड

काठमाडौँ । मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मानीसहरु आ–आफ्नो क्षेत्रका उम्मेदवारहरुलाई मतदान गर्न जानेको भीड लाग्न थालेको छ । आज बिहानैदेखि उपत्यकाका विभिन्न नाकाबाट मतदाताहरू बाहिरिनेको भीड लागेको जानकारी दिएको छन् ।

एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । उनीहरूले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाको २ हजार ४ सय १२ र प्रदेशसभाको ३ हजार २ सय २४ जना उम्मेदवार रहेका छन् ।

निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख कर्मचारी खटिएका छन् ।