मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु हुन्छ : आयुक्त थपलिया

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि
मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु हुने बताए् ।

आयुक्त थपलियाले सबै मतदातालाई आजको निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्। आइतबार भक्तपुरमा मतदान गरेपश्चात थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न निर्वाचनमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबैलाई आग्रह गरेका छन्।

निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रभाव, दबाब, भनसुन, धम्कीमा रहेर काम नगर्न निर्वाचन आयोगले कर्मचारीलाई सचेत गराएका छन्। उनले ७० प्रतिशत मतदाताले मतदान गर्ने अपेक्षा लिएको बताए। ुआज ५ बजे मतदान कार्य सम्पन्न भएपछि मतपेटिका संकलन हुन्छ। त्यसपश्चात केहि समय छलफलपश्चात मत गणनाको कार्य हुन्छ।ु थपलियाले भने, हिमाली जिल्लामा आज राति नै सबै मतपेटिका आउन सम्भव नभएकाले हेलिकप्टरबाट पनि ल्याइने छ।

थपलियाले मतगणना छिटो सम्पन्न गराउने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेका छन्। मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने छ ।