प्रहरी सवार जिप दुर्घटना, ५ को मृत्यु

काठमाडौँ । बैतडीमा प्रहरी सवार जिप दुर्घटना भएको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिएका हुन् । उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन।