काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेद्दवार गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार ९ सय २९ मत खसेकामा २१ हजार ३ सय २ मत प्राप्त गर्दै उनी विजयी भएको बताए ।

त्यसैगरि थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् ।