सिन्धुपाल्चोक–१ (१) मा कांग्रेसका खड्का विजयी

काठमाडौँ । सिन्धुपाल्चोक–१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएको छ । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेको हो ।

खड्काले १४ हजार ६ सय ५२ मत ल्याएको छ । उनीका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार ४ सय ९० मत ल्याएको छ । एक हजार १ सय ६२ मतले खड्काले निर्वाचन जितेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिएको छ ।