निर्वाचनको ४ दिनपछि मुगुमा मतगणना सुरु

काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको ४ दिनपछि मुगुमा मतगणना सुरु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका जानकारी अनुसार भौगोलिक विकटताका कारण ३ दिनसम्म मतपेटिका सङ्कलन गर्ने समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको हो ।

महतका भनाइ अनुसार मुगुमा ४ स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भएको थियो । मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण २ दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताएका छन्। यसैगरी मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५ मत खसेको जानकारी दिएका छन् ।