स्वतन्त्र पार्टीको घण्टी चिन्हमा समानुपातिकमा पनि १ लाख कट्यो मत

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ । पहिलो पटक प्रतिनिधिसभाका उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्ची कै चुनाव चिन्ह जस्तै दलहरुका लागि घण्टी बजाएको छ । अहिलेसम्म घण्टीले प्रत्यक्ष तर्फ ३ सिटमा विजयी भईसकेको छ भने थप १० सिटमा अग्रता कायम राखेको छ ।

समानुपातिक तर्फ पनि घण्टीले १ लाख मत कटाएको छ । दलहरुले नजरअन्दाज गरेको मत अहिले घण्टीले पाएको छ । नेपालमा कम्यु्निष्ट इतिहास रचेको नेकपा एमालेले समानुपातिक तर्फ ८ लाख मत पाउँदा स्वतन्त्र पार्टील १ लाख कटाउनु निकै नै महत्वपूर्ण मत रहेको छ ।

समानुपातिक तर्फ नेपाली कांग्रेस दोश्रोमा रहेको छ । समानुपातिकमा कांग्रेस करीव लाखको हाराहारीमा छ भने तेश्रो पाटी स्वतन्त्र देखिएको छ ।