कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्। उनले पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा १४ हजार ४ सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ५ सय १५ मत प्राप्त गरेको बताएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले ४ सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले १ सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा २ सय २७ मत ल्याएका छन् ।