बम विष्फोटमा १८ जना घाइते

काठमाडौँ । जेरुसेलममा बुधबार बिहान सहरका दुई प्रवेशद्वारनजिक दुईवटा विस्फोटमा कम्तीमा १८ जना घाइते भएका जेरुसेलम पोस्ट पत्रिकाले जानकारी दिएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पत्रिकाले जनाएको छ । पहिलो विष्फोट पश्चिम जेरुसेलमको गिभाट शौलमा रहेको बस स्टपको मुख्य प्रवेशद्वारनजिकै बिहान ७ बजेतिर भएको थियो । 

त्यसको केही समयपछि शहरको अर्को प्रवेशद्वार रामोत जंक्शनमा दोस्रो विस्फोट भएको द टाइम्स अफ इजरायल  ९टिओआइ० ले जनाएको छ । विष्फोटको कारण तुरुन्तै पत्ता नलागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी, प्रहरीले एउटा विष्फोट बसको छेउमा राखिएको ह्यान्डब्यागमा राखिएको बमका कारण भएको हुन सक्ने बताएको छ ।

इजरायली सुरक्षा एजेन्सीहरूले विष्फोटमा संलग्न कुनै पनि संदिग्ध व्यक्तिलाई फेला पार्न क्षेत्र व्यापक रूपमा फैलाइरहेका थिए।
अहिलेसम्म कुनै पनि समूहले विष्फोटको जिम्मेवारी लिएको छैन ।