वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा १० को मृत्यु

काठमाडौँ । भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । सो घटनामा अन्य घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

वालमार्टमा गोली प्रहार गर्ने आक्रमणकारी पनि मारिएको छ । दैनिक उपभोगका सरसामान पाइने उक्त पसलमा सुरक्षाकर्मी पुग्दा धेरै मृतक र घाइतेलाई फेला पारेका थिए । तत्काल उनीहरूको उद्धारमा अधिकारीहरू परिचालन भएका थिए । वालमार्टमा एकव्यक्तिबाट हमला भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । 

वालमार्टले भर्जिनियाको चेसापेकस्थित आफ्नो स्टोरमा भएको दुखद घटनाबाट स्तब्ध भएको जनाउँदै प्रभावित समुदाय समुदायप्रति सहानुभूति प्रकट गरेको छ । घाइतेको उपचार गरिरहेको नार्फोक जनरल अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नदिइ पाँच जना अस्पताल भर्ना भएका बताएको छ ।