काठमाडौँ ६ मा स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार २ हजार ४ मत प्राप्त गरी विजयी भएको बताइन।

यसैगरी उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका छन् र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार आठ सय ५ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा थियो । निर्वाचन अधिकृतकको कार्यालयको अनुसार १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको जानकारी दिएको छ । खनाल टिच फर नेपालका संस्थापक हुन्। यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री रहेका छन् ।

यसैगरी १ हजार ५ सय ३२ मत बदर भएको बताएका छन् ।