काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएको छ । उनले ५ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् । । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य ३ हजार ७ सय ११ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६ सय ७० मत पाएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए । त्यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा ३ हजार ३ सय ४९ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले १ हजार ९ सय १५ मत पाएको छ । कांग्रेसका अमिन पाण्डेले १हजार २ सय ३७ मत पाएको उनले जानकारी दिए ।

 क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १ सय ५ मत प्राप्त गरी विजयी भएको थियो । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १ सय ७४ मत पाएको थियो ।