बागलुङ क्षेत्र नम्बर–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

काठमाडौँ । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई ४ हजार ५ सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएको हो ।

विसं २०७४ मा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ठ सय ७९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार १ सय ८० मत प्राप्त गरेका छन् ।