फिफा विश्वकप फुटबल ः ब्राजिलले सर्बियालाइ २–० गोलअन्तरले हराउँदै

काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी भएको हो ।

ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरेका थिए ।रिचार्लिसनले खेलको ६२औँ मिनेटमा पहिलो गोल र ७३ औँ मिनेटमा दोस्रो गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए । जितसँगै समूह जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ ।