रामेछापमा सत्ता गठबन्धनका तीनैजना विजयी

काठमाडौँ । रामेछापमा सत्ता गठबन्धनका तीनैजना विजयी भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभातर्फका दुवै निर्वाचन क्षेत्रमा माओवादी केन्द्र विजयी भएका हुन्।

प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् । तामाङले ४७ हजार ९८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी ढुंगेलले ३० हजार ७२९ मत ल्याए। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भएका हुन्।

यसैगरी रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनका युवराज चौलागाई विजयी भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का चौलागाईंले २१ हजार ७४६ मत ल्याउँदा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले १७ हजार ८६७मत पाए।

राप्रपाका भरत सिं वाइबाले २ हजार ५१ मत ल्याएर तेस्रो भएका छन्।

रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै सत्ता गठबन्धनका श्रेष्ठ विजयी भएका हुन्।

श्रेष्ठ १७ हजार १४८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत ल्याए। श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। हाल उनी माओवादी केन्द्र रामेछापको जिल्ला सचिव रहेका छन्। अन्नपूर्णपोष्टबाट