केपिलासगढीमा विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम

काठमाडौं । केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छन्।

विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका ,कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको बताएका छन् ।गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण समेत गरेका थिए ।

शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालका अनुसार गाउँपालिकाले ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका ९ सय ४९ विद्यार्थीलाई यही मङ्सिर महिनाका लागि ४\४ दरले ३ हजार ७ सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरेको जानकारी दिएको छ । चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ र पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी ४ वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको बताए ।

यसैगरी पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग नपाउने बताएका छन् ।

अभ्यास पुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरेको बताए । कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षिणक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी दिएका छन् ।

उपप्रमुख गुरुराज राईका अनुसार विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले परीक्षण गर्ने गाउँपालिकाका बताएका छन्। राईले भने यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर शिक्षकमाथिको ‘निगरानी’ गर्न पनि ल्याइएको हो । कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो र यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना बनाएका छन् ।

विद्यार्थीको कापी परीक्षण गर्ने नीतिले गाउँपालिकाभरिका विद्यालयमा पाठ्यक्रमलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा गृहकार्य नगर्ने विद्यार्थीले पनि नियमित गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा गरेका छन् ।

यसैगरी शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको राईले बताए । बिधार्थीको स्तर बनाउन तल्लो कक्षाको कापी परीक्षण गर्ने रणनीति बनाइएको र पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ । यसबाट विद्यार्थी, शिक्षक र विद्यालयबीच प्रतिस्पर्धा पनि हुन्छ ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए÷नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्यरुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिक–सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अङ्ग्रेजीको कापी परीक्षण गर्ने अवधारणा बनाइएको अध्यक्ष राई जानकारी दिएका छन् ।