सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आइताबार भएको कारोबारको तुलनामा छापावला सुन तोलामा ३ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९७ हजार ५ सयमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजारमा किनबेच भइरहेको छ । यसको मूल्य आइताबार प्रतितोला ९७ हजार ३ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर १ हजार २ सय ८५ तोकिएको महासङ्घले जानकारी दिएको छ ।