बर्दियामा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । बर्दियामा आफ्नै श्रीमती २६ वर्षीया नानकला बस्नेतलाई श्रीमानले कुटपिट गरी हत्या गरेको छ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा गुलरिया नगरपालिका १ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

 नानकलाको मृत्यु पछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।