दाङमा बदर मत धेरै

काठमाडौं । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको जानकारी दिएको छ ।

३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको बताएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो ।

त्यसैगरी जिल्लामा कूल ४ लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार ७ सय ९ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार ८ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार समानुपातिकतर्फ २० हजार २ सय ३५ मत बदर भएका छ।

े प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए र बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको भण्डारीले जानकारी दिएका छन् ।

दाङ जिल्ला क्षेत्र नं १ मा १ लाख ३४ हजार ७सय ३३ मतदाता रहेकोमा ७८ हजार २ सय ६७ मत खसेको थियो । जसमा ४ हजार ५ सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार २ सय ६७ मतदाता रहेकोमा ३९ हजार ८ सय ४४ मत खसेको थियो । जसमा २ हजार ४ सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार ४ सय ६६ मतदाता रहेकोमा ३८ हजार ४ सय ५४ मत खसेको थियो जसमा १ हजार ७ सय ६३ मत बदर भएको बताएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकोमा ७९ हजार ३ सय ३७ मत खसेको थियो । जसमा ४ हजार ७ सय ६ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार ३ सय २२ मतदाता रहेकोमा ३६ हजार ९ सय ९३ मत खसेको थियो । जसमा १ हजार ४ सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार ४ सय २६ मतदाता रहेकोमा ४२ हजार १ सय ५२ मत खसेको थियो । जसमा २ हजार ३९ मत बदर भएको जानकारी दिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय ३५ मत खसेको थियो । जसमध्ये ५ हजार ४ सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ४ सय ७४ मत खसेको थियो । जसमा १ हजार ७ सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ३३ मत खसेको थियो । जसमा २ हजार दुई सय ५८ मत बदर भएको बताएका छन् ।