सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध प्रदर्शन

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन थालेपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका दिन सुकुम्वासी बस्ती हटाउने सरकारले तयारी थाले पनि आज सोमबार महानगरले डोजरसहितको टोली थापाथली पठाएको हो ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो। काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।