सर्बियाको क्यामरुनविरुद्ध दुई मिनेटमा दुई गोल

काठमाडौँ । फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत क्यामरुनविरुद्ध जारी खेलको पहिलो हाफमा सर्बियाले २–१ गोलको अग्रता लिएको छ। युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा जिन–चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए।

कर्नरबाट आएको पासमा निकोलस एन्’कलाउले हेडरमार्फत दिएको पासमा ६ यार्ड बक्सभित्र रहेका कास्टेलेटोले सहज गोल गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जाले पाभ्लोभिचले गरेको गोलसँगै सर्बियाले बराबरी गरेका थिए ।

त्यसको दुई मिनेट नबित्दै मिनिक्कोभिच साभिचले गरेको गोलसँगै सर्बियाले रोमाञ्चक अग्रता लियो। इन्जुरी समयमै अलेक्सान्डर मिट्रोभिचले गरेको प्रहार बाहिरिँदा सर्बियाले अग्रता अझै लम्ब्याउने सुन्दर मौका गुमाएका थिए ।

पहिलो खेलमा ब्राजिलसँग २–० को नतिजामा पराजित भएको सर्बियाले यो जिते नकआउट चरण नजिक पुग्ने छ।