चार महिनामा पाँच हजार ७ सय ७० विद्युतीय सवारी भित्रिए

काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा ५ हजार ७ सय ७० विद्युतीय सवारी भित्रिएका छन् । यातायात विभागका अनुसार चालु आर्थिक वर्षको २०७९ र ०८० को साउनदेखि कात्तिकसम्ममा ५ हजार ७ सय ७० विद्युतीय सवारी दर्ता भएको हो ।

हालसम्म स्कुटर र मोटरसाइकल १३ हजार २ सय ७३, कारमा ४ हजार २ सय ४०, माइक्रोरजिपरभ्यान २ सय ६२, बस ५९, अटोररिक्सा लोडर गरेर ८ हजार ६ सय २९ रहेको विभागको भनाइ छ । दर्ता भएका सवारी साधनमा स्कुटररमोटरसाइकल ३ हजार ४ सय १३, कार १ हजार १ सय ३२, माइक्रोरजिपरभ्यान १२, बस ३७, अटोररिक्सा लोडर गरेर १ हजार १ सय ७६ रहेको विभागले जानकारी दिएको छ ।

हाल विभागमा दर्ता भएको कुल विद्युतीय सवारी साधनको संख्या २६ हजार ४ सय ६३ पुगेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताएका छन् । उनले भने, “अघिल्लो वर्ष सम्म विभागमा दर्ता भएको विद्युतीय सवारीको संख्या २० हजार ६ सय ९३ थियो । क्रमशः विद्युतीय सवारीको प्रयोग वृद्धि हुने क्रममा रहेको छ ।”

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ हजार ३ सय ८६, भदौमा १ हजार १ सय ८७, असोजमा १ हजार ६ सय २६, कात्तिकमा १ हजार ५ सय ७१ विद्युतीय सवारी भित्रिएको हो । यता विद्युतीय स्कुटरको आयत भने सन् २०२२ को नौ महिनामा विद्युतीय स्कुटरको आयात उच्च रहेको छ ।

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय, जापान, कोरियालगायत ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ । त्यस्तै केही ब्रान्ड मुलुकबाट आयात हुँदै आएको छ । सरकारले २०७१ सालमा पाँच वर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । पछिल्लो समय नेपाली बजारमा सय भन्दा बढि मोडलका विद्युतीय स्कुटर बजारमा उपलब्ध रहेका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार मुलुकभर ४० लाख बढि सवारीसाधन दर्ता भएका छन् । विभागमा दर्ता भएका कुल सवारीसाधनको एक प्रतिशत मात्रै विद्युतीय सवारीसाधन मुलुकभर गुड्दै आएको अनुमान गरिएको छ । एक प्रतिशत विद्युतीय सवारीसाधन पनि ८० प्रतिशतभन्दा धेरै तराई र मधेशमा चल्ने विद्युतीय अटो रिक्सा रहेका छन् ।

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले सबै प्रकारका पेट्रोलियम कारमा रोक लगाएपछि विद्युतीय सवारीको आयत बढेको छ । सरकारले १३ बैशाखदेखि सवारी लगायत अन्य १० बस्तुको आयतमा लगाएको प्रतिबन्ध थप दुई महिना (२८ असोज) बाट लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको छ ।