सुनसरी –४ को मतगणनामा कार्कीको सुरुआती अग्रता

काठमाडौँ । सुनसरीे ४ मा तीन दिनदेखि स्थगित भएको मतगणना मंगलबारबाट सुचारु भएको छ । मतगणनाको क्रममा सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म ३ सय ९९ मतले अग्रता कायम गरेको हो ।

मन्त्री कार्कीले नेपाली कांग्रेसकातर्फबाट उम्मेदबार रहेकाले रुखमा २६ हजार ७ सय ६० पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार जगदीशप्रसाद कुसियैतले २६ हजार ३ सय ६१ मतसहित पच्छयाइरहेको छ ।

यस क्षेत्रमा मतगणनामा कर्मचारीले त्रुटि गरेको भन्दै आइतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गरेका थिए । त्यसपछि निवेदन निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कार्वाही गर्दै मतगणना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।