स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको अग्रता

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९ सय १ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको बताएका छन् ।

यसैगरी क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले ४ हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले ३ हजार ३ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन् । ।