बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता

काठमाडौं । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायम गरेका छन् । उनले ५ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार १ सय २९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६० हजार १ सय ५२ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले २ हजार ९७ मत प्राप्त गगरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले ९ सय ६२ मत प्राप्त गरेका बताए ।

यस्तै प्रदेशसभा २ मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले २ हजार ३ सय ८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।