दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता

काठमाडौ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएका छन् ।

हालसम्म ५ हजार ९ सय ७० मतगणना हुँदा उनले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ८ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्लाको प्रदेशसभा १ मा ४ हजार ७ सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २ हजार ५ सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले १ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा ४ हजार ४ सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले २ हजार १ सय ८५ र कांग्रेसका बर्मा लामाले १ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुन मतदान भएको र बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल १ सय ९५ मतदान केन्द्र थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।