समानुपातिक मत ः एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको बताएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा अनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा एमालेले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार २ सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ११ लाख ६१ हजार २ सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९ सय २१, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे रहेको छ ।