३ सय जनालाई एनआइसी एशियाले विश्वकप फुटवल देखाउने

काठमाडौं । एनआईसी एशिया बैकले ३ सय जनालाई विश्वकप फुटवल सिनेमा हलमा देखाउने भएको छ । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएसँगै सो अवसर दिने भएको छ।

सो योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५ सय देखि रू. २ हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत आफ्नो मोवाईल NIC ASIA MoBank समावेश गरेको छ । जसको आधारमा ग्राहक महानुभावहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३ सयवटा टिकटमध्ये १सय ४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।