गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौँ । एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। उक्त शंकास्पद वस्तु प्रेसरकुकर बम भएको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ ।

भक्तपुरको लोकन्थलीमा रहेको गोकुल बास्कोटाको घरको पेटीमा उक्त शंकास्पद वस्तु भेटिएको हो । प्रहरीको टोली उक्त स्थानमा पुगेको छ।