भुमिकलालाई “हेमगंगा शारिरीक अपाङ्ग प्रतिभा पुरस्कार”

काठमाडौँ । अपाङ्गता अधिकार तथा सञ्चारकर्मी भूमिकला पौडेलले हेमगंगा शारिरीक अपाङ्ग प्रतिभा पुरस्कार प्राप्त गरेकी छन् ।

समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषद्धारा प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरू मध्ये “पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनिय प्रतिभा देखाउन सक्षम व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कार” विधामा उनीले सो पुरस्कार प्राप्त गरेकी हुन् ।

अपाङ्गता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत सक्रिय रूपमा आवाज उठाउँदै आएकी पौडेल आफू पनि शारिरीक अपाङ्गता भएको व्यक्ति हुन् । उनी लामो समय देखि नै अपाङ्गता क्षेत्रमा संलग्न रहि अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा महत्वपूर्ण भूमिका खेलिरहेकी छिन् ।

अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौँमा प्रदान गरिएको सो पुरस्कार लगायत अन्य विधाका पुरस्कारहरू पनि अपाङ्गता भएका व्यक्तिहरूका लागी वितरण गरिएको थियो