गौरबाट लागुऔषध गाँजासहित एक पक्राउ

काठमाडौँ । गौरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती प्रदेश ०१- ००६-ख २८३० नं. को मिनि ट्रक र ट्रक चालक मकवानपुर आग्रा बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतान रहेका छन् ।

रौतहटको गौर नगरपालिका वडा नं. ३ को फलक पोल्ट्री (कुखुरा) फार्ममा अवैध लागूऔषध गाँजा खाल्डो खनी लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बरामद भएको हो ।

चेकजाँच गर्दा १२ पोकामा १ सय ८० किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर प्रसाद यादवले बताएका छन् ।