बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

काठमाडौं । बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाको भन्दा ५ हजार ५ सय ४१ मत ल्याएर विजयी भएका छन् ।

पाण्डेले ३१ हजार ७ सय ८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २ सय ४८ मत रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताएका छन् ।