नयाँ सरकारको नेतृत्व लिन दलहरू छलफलमा

काठमाडौँ । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरूले दुई पक्षीय तथा बहुपक्षीय छलफललाई तीव्र पारेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच औपचारिक भेटघाट गर्न थालिसकेका छन् । एमालेका नेताहरूले आफ्नो पार्टी पनि सरकारमा रहेका र नरहेका दलसँग नियमित सम्पर्कमा रहेको बताए ।

अहिलेको गठबन्धनलाई नै निरन्तरता दिने बालुवाटारमा केही दिनअघि भएको निणर्यमा सामेल नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि नेकपा एमालेसँगको सहकार्यको विकल्प खुला राख्ने निणर्य हिजो गरेको थियो ।

काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन वा नेपाली काँग्रेसले जसपा तथा अन्य दलसँग मिल्ने वा माओवादी केन्द्रसँग मिलेर एमालेले सरकार बनाउने सम्भावना पनि उत्तिकै देखिन्छ । समानुपातिक तर्फबाट एमालेको केही सिट बढी आउने देखिँदा प्रत्यक्षमा काँग्रेसको सिट धेरै छ ।

सीआईएनसँग कुराकानी गर्दै एमाले उपमहासचिब प्रदिप ज्ञवालीले माओवादीको निणर्य सकारात्मक भए पनि गम्भीर समीक्षा गरेर मात्रै आफूहरूले निणर्य लिने बताएका छन् । सरकार गठनको लागि १ सय ३८ सिट आवश्यक पर्छ । तर कुनै पनि दलसँग बहुमत नरहेको अवस्थामा मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ ।