दोलखामा एमालेको अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार ९ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार १ सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार १ सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

  दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएको छ । उनले २३ हजार ३  सय ३१ मत प्राप्त गरेको छ भने  एमालेका नरबहादुर श्रेष्ठले १५ हजार ३ सय ५६ मत प्राप्त गरेको थियो । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएको छ । 

जिल्लामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार ३ सय ८८ खसेको थियोे ।