गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् । गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताए ।

यसैगरी पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।

त्यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएका छन् रयसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।