नोभेम्बर महिनामा मात्र ६६ आतङ्ककारी मारिए

काठमाडौँ । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा ६६ जना आतङ्ककारी मारिएका बताइएको छ । मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका यहाँको सशस्त्र बलको भनाइ रहेको छ ।

सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतङ्ककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतङ्कवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतङ्ककारीहरुलाई पक्राउ पनि गरेको छ ।

अफ्रिकी देशमा अतिवादीहरुले जारी राखेको आतङ्कमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ । अन्य हजारौँ नागरिक विस्थापित भएका छन् । राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएका छन् ।