कोरियाविरुद्ध खेल्न तयार छन्, नेइमार

काठमाडौं । ५ पटकको विश्व विजेता ब्राजिलले सोमबार राति विश्वकपमा क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्दै छ।

यसैगरी समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० गोलको नतिजामा पराजित भए पनि ब्राजिल समूह ‘जी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

आइतबार नेइमारले मुस्कानसहित ट्रेनिङ गरेका थिए। सोही दिन प्रशिक्षक टिटेले नेइमार पूर्णरूपमा तयार भए खेल्ने बताएका थिए। ट्रेनिङ सेसनमा देखिएको नेइमारको सक्रियताले उनी तयार रहेको स्पष्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।