पुलबाट ट्रक खस्दा १ को मृत्यु

काठमाडौं । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुलबाट ट्रक खस्दा १ को मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटना हुनेमा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राई रहेका छन् । उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिएका छन् । तामाङका अनुसार मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताएका छन् ।