प्रेमिका भेट्न गएका युवक बेपत्ता

काठमाडौँ । हुम्लामा प्रेमिका भेट्न गएका एक युवक बेपत्तमा भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा(६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका(४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

मगरलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी १ जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी(प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका थिए । प्रेमिकासँग विवाद भएपछि आएको दुई जना केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले दाबी गरेका छन् ।

आरोपी ३ जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।