अवैध लागूऔषध सहित १९ जना पक्राउ

काठमाडौं । तनँहु रेसिङ गाउँपालिका ३ घर भएका ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम सहित डलराज समेत १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनी टोखा नगरपालिका १० गोंगबु डेरा गरी बस्दै आएका थिए ।

उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । उनको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद ६५ हजार ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको बताएका छन् ।